You are viewing the translated version of नियमनकारी निकाय.

Section 4
नियमनकारी निकाय
(१) रेडियोधर्मी पदार्थ तथा संयन्त्रको नियमनका लागि नेपाल सरकारले मन्त्रालय अन्तर्गत रहने गरी जनस्वास्थ्य, कानून, भौतिकशास्त्र, परमाणु विज्ञान र रेडियोग्राफी सम्बन्धी विज्ञहरु समेत रहेको एक नियमनकारी निकायको स्थापना गर्नेछ।
(२) नियमनकारी निकायको प्रशासकीय प्रमुखको रुपमा कार्य गर्न निजामती
सेवाको कम्तीमा राजपत्राङ्कित प्रथम श्रेणीको अधिकृत रहनेछ।
(३) नियमनकारी निकायको संगठनात्मक संरचना र कर्मचारीको दरबन्दी नेपाल
सरकारले स्वीकृत गरे बमोजिम हुनेछ।
(४) नियमनकारी निकायको स्थापना नभएसम्म नियमनकारी निकायले गर्ने यस
ऐन बमोजिमको कार्य मन्त्रालयले गर्नेछ।